जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एकै पटकमा ४ बच्चाको जन्म ।

भिम बहादुर लामिछाने ,पोखरा ,माघ २।

 

पोखरा को मणिपालमा पहिलो पटक एकै पटकमा ४ बच्चाको जन्म भएको छ।


पुतलीबजार -१, स्याङ्जामा बसोबास गर्ने २६ बर्सिय श्रीमती सुनिता (पौडेल) प्रधानद्वारा एकै पटकमा ४ वटा बच्चाहरुको सकुशल जन्म दिएकी छन ।

पहिलो बच्चा छोरी (तौल १.६ किग्रा), दोश्रो छोरा (१.३ किग्रा), तेश्रो छोरी (१.३ किग्रा), चौथो (१.४ किग्रा)।मनिपाल शिक्षण अस्पातलमा डा महेन्द्र पाण्डेको नेत्रित्वमा शल्यचिकित्साको माध्यमाबाट ४ वटा बच्चाहरुलाई जन्माइयो । सबै बच्चाहरु तथा आमाको स्वास्थ्य शकुशल रहेको अस्पाताल प्रशासनले बताएको छ ।