जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बुधबार मात्रै १७ जानामा संक्रमण पुष्टि

पोखरा ,२४ बैशाख ।

आज एकै दिन १७ जानामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार दुई महिने शिशुसहित आज १७ जनामा संक्रमण पुष्टि भएकाे हो । याे सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ ।  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको बताए ।आज बुधबार  संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

आज कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको छ ।