जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उद्योग बाणिज्य संघ चितवनको निर्वाचनमा राजु श्रेष्ठ बिजयी ।

चितवन,  २९  पुष

उद्योग  बाणिज्य  संघको  चितवनको  मंगलबार भएको  निर्वाचनमा  अध्यक्षको  पदमा  राजु  श्रेष्ठ बिजयी  भएका  छन्    अध्यक्ष  पदका  अर्का  उम्मेद्वार  ज्ञानेन्द्रमान  शाक्यलाई  भारी  मतान्तरले  पराजित  गर्दै  श्रेष्ठ  निर्वाचित  भएका  हुन् 

श्रेष्ठले  शाक्यलाई  ७८७  मतान्तरले  पराजित  गरे  श्रेष्ठको  पक्षमा  १९८०  मत  प्राप्त  गर्दा  शाक्यले  ११९०  मत  मात्र  प्राप्त  गरे   आज  भएको  निर्वाचनमा  ३१८०  मत  खसेको  थियो 

संघको  अन्य  सदस्यहरुमा  पनि  अधिकांश  श्रेष्ठ  प्यानकै  उम्मेद्वारहरु  बिजयी  भएका  छन्    उद्योग  तर्फ  अशोक  अधिकारी,   कृष्ण  रिजाल,  बिनोद  पौडेल,  योगिता  पिया,   लिलबहादुर  क्षेत्री,   भानुभक्त  न्यौपाने  बिजयीभएका  छन् 

बाणिज्य  तर्फ  थिर  प्रसाद  धिताल,  ज्ञानु  न्यौपाने,  बद्री  पौडेल,  लक्ष्मीवरिमाल,  बिकास  थापा,  चेतनारायण  सापाकोटा  बिजयी  भएका  छन् 

यस्तै  बस्तुगत  तर्फ  दुर्गादत्त  कडेल,  बिनोद  तिमिल्सिना,  धनप्रसादनपोखरेल,  शर्मिला  न्यौपाने  बिजयी  भएका  छन्  भने  महिला  उद्धमी  तर्फ  रजनी  मास्के  बिजयी  हुनु भएको छ ।