जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आर्थिक हिनामिना गरेको पाएमा जनताको सामु झुन्डाए हुन्छ

पोखरा ।
आर्थिक हिनामिना गरेको पाएमा र प्रमाण भएमा जनताको सामुने आफु झुन्डिन तयार रहेको फुस्रेखोला ,भालेडाँडा ,राननि ,दुवारकोट सडक निर्माण सहयोग समितिका अध्यक्ष दिपक सुबेदिले आज एक कार्यक्रम्मा बताएका छन् । फुस्रेखोला ,भालेडाँडा ,राननि ,दुवारकोट सडक निर्माण सहयोग समितिले आज आयोजना गरेको बाटो निर्माण सम्पन्न को सर्वजनिक गरेका हो ।
कार्यक्रममा रोशन गुरुङ्गले बाटो निर्माण गर्दा बाटोको लागत स्टमेट के कति थियो सोको जानकारी जनतालाई नगराएको साथै बाटो भने अनुसारको नरहेको बताए । दुवारकोट पहिले देखिनै पछिडिएको र अहिले पनि पछाडिपारिएको उनको भनाई छ ।
सो बाटा निर्माण गर्दा भालेडाँडा ,राननि छापसोरा लाई पनि पछि पारिएको जनसमुदायको गुनासो रहेको छ । यस्तै जनताले सोधिएको प्रशनमा लागत स्टमेट र हिसाको बारेमा अफुलाई कुनै जानकारी नभएको समितिकी कोषध्यक्ष लक्ष्मि थापाले बताईन ।
बाटोमा निर्माण गर्दा फुस्रेखोलालाई मात्र प्रथामिकता दिएको मा आफुलाई दुःख लागेको राजकुमार गुरुङ्गले बताए । बाटो निर्माण गर्दा सबैको सल्ला लिएर काम गरे कसैको गालि खानु नर्पने र काम पनि सहि तरिकाले गर्न सकिन उनको भनाई थियो ।
वडा प्रतिनिधि नन्दालाल अधिकारीले प्रदेश र संघको योजनामा आफुहरुले केहि गर्न नसकने र योजना सबै मथिबाट आउने हुदाँ त्यसमा वडा र वडा प्रतिनिधिहरुलाई त्यति नपुछने गरेको दुःखेसो राखेका थिए । उक्त बाटोको लागि प्रदेश बाट ५० लाख विनियोजित भएर ३२ लाखमा प्रदेशबाट ३२ लाखमा टेन्डरमा गएको थियो ।बाटो निर्माण को  लागत  स्टमेेट र  बिलको हिसब जुुुटाए पछि पुुुन यसको सम्पूर्ण विवरण सर्वजनिक गर्नु पर्नेे माग जनताले राखेेका छन्।