जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आरती सुवेदी को गजल

गजल

लुटपाट गर्न यो आत्माले , मान्दैन के गरूँ
गरिवीको पीडा सरकारले , जान्दैन के गरूँ

रोग भन्दा भोक~~ शक्तिशाली बनेर आयो
अगेनामा त्यसै कुकरले सिठी , हान्दैन के गरूँ

आफ्नै शरीरको अंग बेच्यो , नभनिदिनु हजुर
साहुले ॠण तिर्न गाह्रो छ अहिले ,ठान्दैन के गरूँ

सन्तानको पेट भरी ,एउटा मृगौलाले बाँचुला बरू
न पुगे सम्म मिति त्यो मृत्युले नि , तान्दैन के गरूँ

पद, पैसा र पहुँच ,आफू सँग केही नभए पछि
क्षमता र योग्यता हेरी कतै , छान्दैन के गरूँ

आरती सुवेदी
कपिलवस्तु