जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आरती सुवेदीका मुक्तकहरू ।

पोखरा ।

 

पहिलो

प्राय गर्भमै फालिन्छे,दाइजोको नाममा जलेकी हुन्छे
बलात्कारको शिकार बनेर कतै झाडीमा ढलेकी हुन्छे
नारीले संघर्ष गर्न गर्भ बाटै सिकेर आएकी छ महोदय
हजार पीडा सहेर नि उज्यालो दिप बनेर बलेकी हुन्छे।

दोस्रो

आफ्नै मनोमानी राखेको हुन्छ मनमा सपना बोकेर
आधा रातमा बताउदै रून्छ उही जाँड रक्सी धोकेर
स्वीकार नभएसी प्रस्ताव आफ्ना पुरा नभएसी रहर
चोट लगाउन अनुहारमै छ्याप्छ एसिड बाटो रोकेर

तेस्रो

तिमी सधै दिई रहन्छौ मलाई मात्र चोट
नियालेर हेर आफूमा नि भेटाउनेछौ खोट
म नारी हुँ देवी पनि बन्छु काली पनि हुन्छु
बन्न वाध्य नबनाऊ ज्वाला बनेर विस्फोट

चौथो

आफ्नै छोराको हात बाट आमाको घाटी रेटिन्छ
डर लाग्छ अब सायद मानव अस्तित्व नै मेटिन्छ
कसैलाई आहारा त कसैलाई सँस्कारको अभाव
समाजका हरेक व्यक्तिमा कुपोषणको रोग भेटिन्छ