जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आयर पानी सामुदायिक होम स्टे पैदलमार्ग निर्माण गरिदै।

पोखरा ।
स्याङ्गजा जिल्ला फेदिखोला गाँउपालिका वडा नम्बर १ मा रहेको आयर पानी सामुदायिक होम स्टेको पैदलमार्ग निर्माणको शिलान्यास गरिएको छ ।    आज एक कार्यक्रमका साथ स्याङ्गजा क्षेत्र नम्बर १ ‘ख’ का प्रदेश सभासद श्री मीन प्रसाद गुरुङ्गले गर्नु भएको हो ।कार्यक्रम्मा फेदिखोल गाँउपालिकी उप प्रमुख देवि थापा तथा वडा नम्बर १ का वडा अध्यक्ष खिम बहादुर क्षेत्रको उपस्थितिमा कार्यक्राम भएको हो ।  सो कार्यका लागि गण्डकी प्रदेश बाट रु १० लाख छुटिएको थियो । हाल उक्त स्थानमा १३ वटा होम स्टे संचालनमा रहेका र थप ५ बटा बन्दै गरेको होम स्टे संचालन समितिका सचिव राज कुमार गुरुङ्गले बताएका छन् ।