जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा ।                                                                        आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत ‘आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्ययोजना -२०७७’ बमोजिम आज  जिल्ला प्रहरी कार्यालय, कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं.६, बैदाम स्थित खहरे आमा समुहका सदस्य एंव प्रतिनिधी र सामूदायीक सेवा केन्द्र, बैदामका पदाधिकारीहरु समेत गरी १५ जना सहभागीहरू लाई “आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम” गरिएको थियो । उक्त कार्यक्रम प्रहरी नायव निरीक्षक होत बहादुर रोकाले संचालन गर्नुभई आत्महत्या परिचय, आत्महत्या गर्नुपूर्व देखिने लक्षणहरु, आत्महत्या रोकथामका उपाय लगायत जिल्ला प्रहरी कार्यालय, कास्कीबाट आत्महत्या न्यूनिकरणका लागि गरिएका प्रयासहरुको सम्बन्धमा प्रशिक्षण तथा जानकारी दिनुभएको थियो ।