जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज बर्षको सबैभन्दा छोटो दिन र लामो रात

जन्मभुमि खबर,पोखरा । आज २१ डिसेम्बर २०२० । यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात हो ।

प्रायजसो वर्षको सबैभन्दा छोटो दिन डिसेम्बर २२ मा पर्ने गर्छ भने कहिले कहीँ डिसेम्बर २१ मा पनि पर्ने गर्छ। यो वर्ष २१ डिसेम्बरमा सबैभन्दा छोटो दिन परेको छ। यसअघि २०१७ मा पनि सबैभन्दा छोटो दिन २१ डिसेम्बरमा परेको थियो।

यस दिन (खगोलीय घटना) लाई इस्वी संवतको पात्रो अनुसार ‘विन्टर सोल्सटिस’ भनिन्छ। यस दिन सूर्य ककर्ट राशीबाट मर्कर राशीतर्फ तथा उत्तरायणबाट दक्षिणतिर प्रवेश गर्छ ।

यो समय सूर्यको किरण पृथ्वीमा धेरै छोटो समयको लागि रहन्छ । सूर्यको उपस्थिति करीव ८ घण्टा सम्म रहन्छ र यो सूर्य अस्ताएपछि करिब १६ घण्टा रात रहन्छ ।

विन्टर सोल्सटिसपछि चिसो धेरै बढ्छ। यस घटनापछि, चन्द्रमाको प्रकाश लामो समयको लागी पृथ्वीमा रहन शुरू गर्दछ। जबकि सूर्य छोटो समयको लागि पृथ्वीमा रहन्छ । सूर्योदय र सूर्यास्तको सहि समय समय क्षेत्र र भौगोलिक स्थानमा पनि निर्भर गर्दछ।

वैज्ञानिकहरुका अनुसार विन्टर सोल्सटिस पृथ्वी आफ्नो अक्षमा करिब २३.५ डिग्री झुक्छ । यसकारण प्रत्येक गोलार्द्धले वर्षभरि सूर्यको प्रकाशको विभिन्न मात्रा प्राप्त गर्दछ।