जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज तपाईंको शुभ राशिफल

पोखरा ।
मेष
तपाईंको आजको दिन व्यर्थ बित्नेछ, पारिवारिक कलहले मन खिन्न होला, दण्डजरिवाना भोग्नुपर्ला, पुराना कुराहरु बल्झिनाले मन अशान्त रहला, मान तथा धन हानी पनि हुनसक्छ, सावधानी अपनाउनु होला।

वृष
तपाईंको आजको दिन निकै महत्त्वपूर्ण हुनेछ। तपाईको सरसल्लाहले बिग्रेका काम बन्नेछन् , समाजमा मान,प्रतिष्ठा बढ्नेछ, कुनै सभा समारोहमा उपस्थित भईएला।

मिथुन
राज्यपक्षबाट साथ सहयोग प्राप्त होला, शुभ समाचार सुन्न पाईएला, नयाँ जग्गा जमिन तथा साधन बाहनको खरिदबिक्रि होला, साहस बढ्ने दिन आएको छ, आजको दिन नयाँ कामको सुरुवात पनि हुनसक्छ।

कर्कट
भाग्योदय हुने समय छ, मन प्रसन्न रहला, शैक्षिक प्रगति मनग्री हुनेछ। वैदेशिक यात्राका अवसरहरु आउलान, शत्रुपक्ष कमजोर होलान् , व्यापार ब्यवसायमा लाभ होला।

सिंह
आजको दिन पुर्बार्धमा केहि कष्ट भएपनी मध्याह्न पछी भने अर्थपूर्ण यात्रा गराउला, तिर्थयात्रा तथा शुभ कार्यका लागि तपाईंको यात्रा अघि बढ्नेछ, साहसिक कार्यमा आर्थिक लाभ पनि हुनसक्छ।

कन्या
धेरै समयपछि पारिवारिक जमघटले खुसियाली छाउला,आजको दिन मिष्टान्न भोजन प्राप्त होला,मन खुसी मै बित्नेछ। कुनै स्थानको यात्रा पनि हुनसक्छ।

तुला
शत्रुपक्ष बलवान् होलान, शस्त्र,अस्त्र तथा हतियारबाट चोटपटक लाग्ला, होशियार रहनुहोला,तर उपरान्ह पछि भने यश किर्ति बढ्ला,आशा मारेको धन प्राप्त होला।

वृश्चिक
शैक्षिक क्षेत्रमा प्रगती होला, कुनै रचनात्मक कार्यमा सहभागी भइएला, सन्तान पक्षबाट साथ र सहयोग प्राप्त होला, सन्तानको राम्रो प्रगतिले मन हर्षित होला। शुभ समाचार सुन्न पाईएला।

धनु
धर्ममा विशेष रुचि जाग्नेछ,जग्गा जमीन तथा साधन बाहनमा वृद्धि हुनेछ,कुनै नयाँ काम कारोबारको थालनी होला, मानसम्मानमा वृद्धि होला, बैवाहिक कार्य तथा पाटिमा सहभागीता होला।

मकर
विभिन्न प्रकारका भोगबिलास गर्न पाईनेछ, उच्चपदस्थ अधिकारीहरुको साथ सहयोग पाईएला, अधुरा कामहरू सम्पन्न होलान् , ऐश्वर्यमा वृद्धि तथा न्याय पाईनेछ, सुन्दर तथा प्रिय बस्तुको प्राप्ति होला।

कुम्भ
नसोचेको स्थानबाट, धन प्राप्त होला, वैदेशिक अवसरहरु पनि आउनेछन, तर दाँतको समस्याले सताउन सक्छ। खानपिनमा बिशेष ध्यान दिनुहोला, पुरानो साथीसँगको भेटले दिन रमाइलो भएर नै बित्ला।

मीन
पुलिस तथा सरकारी पक्षबाट दण्डजरिवाना हुनसक्छ, अनावश्यक खर्च होला, मन नपरेको स्थानको यात्रा गर्नुपर्ला, झैझगडा हुने योग भएकोले बोल्दा सावधानी अपनाउनु होला।