जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखि प्रधानमन्त्री कप, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेटमा हुने प्रतिस्पर्धाको पहिलो दिन त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ।

सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको पहिलो दिनको खेल कीर्तिपुरमा भइरहेको छ। खेलमा आर्मीले टस जितेर पहिले ब्याटिङ गर्दैछ।