जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आइतबार १०५ कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसंगै निको हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने २ हजार ५ सय ९४ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ७१ हजार ७ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय २ रहेको छ ।