जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अब्यबस्थित प्रक्रिया लाई ब्यवस्थित बनाउदै पोखरा वडा नम्बर २१।

पोखरा ।
पोखरा महानगरपालिका वार्ड न २१ मा सेवा लिन आउने सेवा ग्राहिहरुलाइ अध्यक्ष खगराज अचार्यले अब्यबस्थित प्रक्रिया लाई ब्यवस्थित बनाउदै लगिएको बिषयमा आफ्ना कुरा राख्दै आएका छन। वडा कार्यलयमा आज सेवा लिन आएका व्यक्तिहरुलाई यो समय मा बढी हुल नगरि सेवा लिन अनुरोध गर्दै केहि समस्या आएमा आफुलाई सिदै सम्पर्क गर्न र यो महमारीको समयमा आफु पनि बच्ने र अरुलाई पनि बचाएर काम गर्नु पर्ने भएको हुदाँ केहि असजिलो भएपनि सहज रुपमा लिएर काम लिन सेवाग्राहिलाई अनुरोध समेत गरेका थिए । वडा कार्यालयले कुनै पनि काम गर्दा कानुन मा रहेर मात्र गरेको छ । कानुन भन्दा माथि आफु र कोहि पनि छैनन ।
वडामा कोहि कसैले कानुन माथि र नियम भन्दा अगाडि गएर काम गरेको पाएमा जानकारी दिन सकिने बताए ।यो संगै वडाले केहि काम गर्दा वडा समिति र परि आएमा सर्वदलिय समितिले सयुक्त रुपमा निर्णय गरेको काम मात्र हुने जानकारी गराए ।            यसमा जनताको ठुलो हात रहने हुदाँ कसैले आफुलाई पर्दा कानुन माथि भएर काम गर्न लगाउने र अरुलाई पर्दा कानुनको कुरा ल्याउनेले भएको ले कहिले कहिले असहज भएको छ ।निर्बाचित भएर आजका मिति सम्म वार्ड समितिको निर्णय बिना कुनै कार्यको प्रारम्भ समेत नभएको बताए ।पहिलाको जस्तो कुनै नेताले तोक आदेस गरेको र भनसुनको भरमा अहिले काम हुदैन । स्थानिय सरकार सन्चालन ऐन २०७४ , सम्बिधान र मौजुदा कानुन अनुसार मात्र काम हुन्छ भन्दै कानुनको पालना गर्न सबैलाइ अनुरोध गरे।