जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अन्नपुर्ण ५ झोबाङ्ग पोखरा सम्पर्क समाज द्धारा ६४ युनिट रगत सङ्कलन

मनोज नेपाली , पोखरा । अन्नपुर्ण ५ झोबाङ्ग पोखरा सम्पर्क समाज द्धारा खुल्ला रक्तदान कार्यक्रम समापान भएको छ । सदिप पोैडेलको संयोजकत्वमा आयोजना गरिएको उत्त कार्यक्रममा रेडक्रस सोसाइटि कास्किका उप-सभापति डण्डराज पोैडेलको प्रमुख अतिथि रहनु भएको थियो भने संस्थाका क्रियाशिल सदस्य प्रेम पोैडेल ले पहिलो स्वागत मन्तब्य दिदै गर्दा भर्खर जन्मदै गरेको संस्थालाई हामि सबैले राम्रो सग संरक्षण गरि बढाउनु पर्छ भनेर सबैलाई अपिल गर्नुभएको थियो त्यस्तै बिशेष अतिथि शुक्रराज शर्मा, दामोदर पोैडेल , अर्जुन के सि , प्रेम पोैडेल , चन्द्र के सि , महदत्त पोख्रेल , अन्जु के सि , लगायत का अन्य अतिथि द्वारा कार्यक्रम को प्रसम्सा गर्दै शुभकामना दिनुभएको थियो भने कार्यक्रम प्रमुख अतिथि द्वारा पहिलो रक्त दाता सल्यान साबिक का युवा गोबिन्द पोैडेल बल्ड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम को उदघाटन गर्नु भएको थियो । कार्यक्रममा युवाहरुको सहभागिता उत्साह जनक थियो । कार्यक्रम मा प्रथम पटक रक्तदान गर्ने युबा देखि १९ औ पटक रक्त दान गर्ने कास्कि कोट २४ का भरत सुबेदि सम्म को उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम बाट ६४ युनिट रगत सङ्कलन गर्न सफल भएका छन भने सन्जय पौडेल ले कार्यक्रम सन्चालन गरेका थिए ।