जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अक्षरयात्राको १७९औं श्रृंखला पुम्दीकोटमा सम्पन्न

नवीन भण्डारी , पोखरा । “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” नाराका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरको संयुक्त आयोजनामा प्रत्यक महिनाको तेस्रो शनिवार संचालन हुँदैआएको साहित्यिक कार्यक्रम “अक्षरयात्रा”को १७९औं श्रृंखला ईन्द्रेणी थियटर तथा पुम्दिकोट कोट बिकाश समितिको स्थानीय व्यवस्थापनमा सुसम्पन्न भयो ।
स्रष्ठाहरुले तत्स्थानमै पुगी तेहीको वातावरण, संस्कृति तथा जनजीवनका बिम्बहरु प्रयोग गरेर सिर्जना गरिएका कविता, मुक्तक, गजल तथा अन्य विधाहरु वाचन गर्ने कार्यक्रममा मुक्तक मञ्च पोखराका अध्यक्ष रामजी प्रसाद आचार्य, मोहन भण्डारी, लक्ष्मण थापा, वसन्त विनोद, त्रुपक, शिब संकल्प, प्रान्जल, लेखनाथ बराल, लालमणि पोख्रेल , वीरेन्द्र पौडेल विवस, संदीप अधिकारी, बिजय पौडेल लगायतले तत्स्थानीय सिर्जना वाचन गरेका थिए ।
गजलसन्ध्याका अध्यक्ष मोहन भण्डारी र पुम्दिकोट युवा क्लबका अध्यक्ष सूरज बरालको संयुक्त सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लेखनाथ बरालले स्वागत गरेका थिए भने गजलसन्ध्याका सचिब त्रुपकले कार्यक्रम संचालन गरेका थिए ।